दफा ८३
अदालती शुल्क भराई दिने

(१) अदालती शुल्क लागेको मुद्दामा जित्ने पक्षले बुझाएको अदालती शुल्क हार्ने पक्षबाट फैसला बमोजिम भराई लिनसक्नेछ।
(२) उपदफा (१) बमोजिम अदालती शुल्क भराउँदा एक जनाभन्दा बढी प्रतिबादी वा पुनरावेदक भए जति जनाबाट जतिका दरलेबिगोभरी पाउने ठहर्छ त्यस्तो बिगोको हिसाबले, हक दाबी छाड्नु छुटाउनु पर्ने कुरामा जति जनाबाट जति हक दाबीछाड्नुछुटाउनु पर्ने हो त्यति नै जनाबाट सोही हिसाबले र अन्य अवस्थामा हार्ने जति प्रतिबादी वा प्रत्यर्थी छन्त्यतिजनाबाट समानुपातिक हिसाबले अदालती शुल्क भराई दिनु पर्नेछ ।
(३) केही वा पूरै अदालती शुल्क नराखी फिरादपत्र दर्ता भएको अवस्थामा बादी वा पुनरावेदकले जिते लाग्ने ठहरिएकोअदालतीशुल्क अर्को पक्षबाट दण्ड जरिबाना सरह असुल उपर गर्नु पर्नेछ ।
(४) बादी वा पुनरावेदकले एकभन्दा बढी विषयमा दाबी गरेकोमा जति विषयमा दाबी पुग्ने ठहर्छ त्यतिका हिसाबले मात्रलाग्ने अदालती शुल्क अर्को पक्षबाट भराई लिन पाउनेछ ।
(५) केही वा पूरै अदालती शुल्क नराखी मुद्दा दायर भएकोमा बादी वा पुनरावेदकले मुद्दा हारेमा लाग्ने अदालती शुल्कनिजहरूबाटै असुल गरिनेछ ।
(६) यस दफा बमोजिम बादी वा पुनरावेदकले अदालती शुल्क भरी पाउने फैसला भएकोमा सो भरी नपाउदै प्रतिबादी वाप्रत्यर्थीको मृत्यु भएमा त्यस्तो अदालती शुल्क निजको अपुताली खानेबाट भराई लिन पाउनेछ ।
(७) पुनरावेदन वा पुनरावलोकन गरी वा मुद्दा दोहोर्याई पाउँ भन्ने मुद्दा फैसला हुँदा पुनरावेदक वा निवेदकलेआंशिक वापूर्ण रूपमा जितेमा निजले जिते जतिमा लाग्ने ठहरिएको अदालती शुल्क प्रत्यर्थीबाट भराई लिन पाउनेछ ।